साफ च्याम्पियनसिप आजबाट सुरु, माल्दिभ्स र नेपाल भिड्दै

काठमाडौँ – दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज बाट माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक राष्ट्र माल्दिभ्ससँग खेलेर सुरु गर्ने छ । यी दुईबीचको खेल नेपाली समय अनुसार ९ः४५ मा हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ । नेपाली टिम पहिलो पटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स गएको हो । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि पटक पटक साफको उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आएका छन् । साफ उनको लागि पनि वास्तविक परिक्षा हुनेछ ।

त्यस्तै, आज हुने अर्काे खेलमा श्रीलंका र बंगलादेश पनि भिड्दै छन् । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् । यो साफमा पाकिस्तान र भूटानले भने सहभागिता जनाएको छैन । पाकिस्तानालाई फिफाले प्रतिबन्ध लगाएको छ भने भूटानले भने कोरोनाको कारण देखाउदै अन्तिम समयमा हात झिकेको थियो ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी