विद्यार्थीको मागप्रति वेवास्ता गरेको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयमा बिहीबार विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले कोरोना माहामारीको समयमा सञ्चालन गरेको अनलाइन कक्षाको समेत पूरै शुल्क उठाएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले तालाबन्दी गरेको हो ।

क्याम्पस प्रशासनले कोभिड १९ को चपेटामा परेका विद्यार्थीहरुलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरी आफ्नै साधन र स्रोत परिचालन गरी लिएको अनलाइन कक्षाको पुरै शुल्क लिएकाले बाध्य भएर तालाबन्दी गरेको अनेरास्ववियुका अध्यक्ष राजेश आचार्य र सचिव साजन शर्मा पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बताइएको छ ।

‘लकडाउन अवधि भरको शैक्षिक शुल्कमा छुट दिने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गरी विद्यार्थीहरुबाट शैक्षिक शुल्क वापत लिएको रकम सम्बन्धित विद्यार्थीहरुलाई अविलम्ब फिर्ता गर्न अनेरास्ववियु लुम्बिनी बौद्ध विश्वविद्यालय कमिटी जोडदार माग गरेको थियो । तर हाम्रो मागलाई बेवास्ता गरी उल्टो विद्यार्थीहरुलाई धम्काउने कार्य क्याम्पस प्रशासनबाट भएको हुँदा हाम्रो माग पुरा नहुँदासम्मको लागि ताला लगाउन बाध्य भएको कुरा जानकारी गराउन चाहन्छौं ।’– विज्ञप्तिमा भनिएको छ ।

 

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी