१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवामार्फत परिवर्तन गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् ।

ललितपुरका सीडीओ ढुण्डीराज निरौला गृह मन्त्रालयमा सरुवा भएका छन् र उनको ठाउँमा सहसचिव घनश्याम उपाध्याय पठाइएका छन् ।

गुल्मीकी सीडीओ रुद्रादेवी शर्मा भक्तपुरमा सरुवा भएकी छन् र गुल्मीमा सहसचिव पुण्यबिक्रम पौडेल पुगेका छन् ।

मोरङका सीडीओ कोषहरि निरौला मन्त्रालयमा सरुवा भएका छन् र उनको ठाउँमा सहसचिव काशीराज दाहाल सीडीओ बनेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ चितवन सरुवा भएका छन्, रुपन्देहीमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी पठाइएका छन् ।

गोरखामा शंकरहरि आचार्य, रामेछापमा दीपककुमार पहाडी र संखुवासभामा नुरहरि खतिवडा सीडीओ बनेका छन् । संखुवासभाका सीडीओ टेकनारायण पौडेल गृह मन्त्रालयमा सरुवा भएका छन् ।

दोलखामा टेकराज निरौला सीडीओ बनेका छन् भने त्यहाँबाट बासुदेव घिमिरे मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै धादिङमा कृष्णप्रसाद लम्साल र उदयपुरमा वीरेन्द्रप्रसाद यादव सीडीओ बनेका छन् ।

हेर्नुस् सरुवा भएका प्रमुख जिल्ला अधिकारीको सूची : 

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी