सुनवलमा बेलिब्रिज बनेसँगै पूर्वपश्चिम राजमार्ग पुन सुचारु

नवलपरासी । गत भदौ ९ र १० गते परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा रहेको तुरिया खोलाकाे पुल भाचिएको स्थानमा बेलिब्रिज निर्माण पुरा भएसङ्गै बुधबार दिउँसोबाट राजमार्ग सञ्चालनमा आएको छ ।

अविरल वर्षासङ्गै आएको बाढीका कारण सुनवलमा रहेको तुरिया खोला र देवदहको घोडाहामा रहेको पक्की पुल भाँचिएका थिए । यी दुई खोलामा रहेका पक्की पुलहरु भाँचिएपछि पूर्वपश्चिम राजमार्गमा २० दिनदेखि  सवारी साधन चल्न सकेका थिएनन ।

तुरिया खोलामा पानीको बहाव धेरै भएको र खोलाको गहिराई पनि धेरै भएको कारणले डाईभर्सन बनाउनका लागि प्रयाप्त स्थानको अभाव भएको हुँदा भाँचियको पुलको माथि नै बेलिब्रिज निर्माण गरि सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताउनुभयो ।

सडक डिभिजन कार्यालय बुटवलको अग्रसरतामा घोडाहा खोलामा अस्थायी रुपले पुरानो पुल देखि उत्तर तर्फबाट डाईवर्सन निर्माण पुरा गरिएको छ भने सुनवलको तुरिया खोलामा भाँचिएको पक्की पुल कै माथिबाट बेलिब्रिज निर्माणको काम सकिएको डिभिजन प्रमुख मरासिनीले बताउनुभयो ।

 

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ