कपिलवस्तु। कपिलवस्तु प्रहरीले पोखरीमा लुकाई राखेको रु ५ लाख बढीको अबैध काठ बरामद गरेको छ। जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ७ गेढुवाजोतबाट पोखरीमा लुकाई राखेको २४ गोलिया (१५० क्युफिट) सिसौ जातको काठ गएराती साढे १२ बजे बरामद गरेको हो । उक्त काठको मूल्य करिब ५ लाख २५ हजार बराबर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
काठ कस्ले लुकाएको भन्ने एकिन नभएपनि कृष्णनगर नगरपालिका वडा नं. १ बढया बस्ने पराग चौधरीको पानी पोखरीमा उक्त काठ रहेको थियो । काठलाई आवश्यक कारबाहीको लागि सब डिभिजन बन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाईएको प्रहरीले जानकारी दिएको छ।