रुपन्देहीमा १२ लाखको अवैध मटरसहित २ जना पक्राउ

बुटवल । कोटईमाइ गाउँपालिका–५ दुइमुहानबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब १२ लाख ४० हजार रूपैयाँ बराबरको ३० क्विन्टल मटर सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका–१ बस्ने ४५ वर्षीय हरीशंकर यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय रतन यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा लु.१ ज ४५१८ नम्बरको पिकअपमा भारततर्फ लैजादै गरेको उक्त मटरसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद मटर तथा सवारी साधन सहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु