राष्ट्रिय युवा संघ नेपालले असोज १५ भित्र जिल्ला मातहतका सबै कमिटी निर्माण गर्ने

बुटवल । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल, रुपन्देहीले जिल्ला मातहतका १६ वटै स्थानीय पालिकाहरुमा आगामी असोज १५ गतेभित्र कमिटी निर्माण गरिसक्ने गरी योजना बनाएको छ । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीको कार्यालयको बुधबार बुटवलमा सम्पन्न बैठकले पालिका स्तरमा कमिटी निर्माणका लागि जिम्मेवारी समेत तोकेको छ ।

बैठकले भेला तथा अधिवेशन आयोजना गरी कमिटी निर्माणका लागि बुटवल उपमहानगरपालिकामा उत्प्रेरक – दिननाथ भट्टराई र राज गुरुङ तथा संयोजनको जिम्मेवारी कृष्ण बहादुर कुमाल, सुदर्शन खाम्चा, नवराज थापा, समुन्द्र श्रेष्ठ, कल्पना पाँडे मगर, अनमोल गुरुङ (टेक), विशाल थापा छेत्रीलाई प्रदान गरेको छ ।

त्यस्तै सैनामैना नगरपालिकामा उत्प्रेरक प्रेम थापा, संयोजन दिपक खड्गी, नारायण थापा, केशव पाण्डे र गोबिन्द पुनलाई तोकेको छ भने तिलोत्तमा नगरपालिकामा उत्प्रेरक बिष्णु अर्याल, संयोजन मनबहादुर गुरुङ (पप्पु), ईश्वर न्यौपाने र रम्भादेबी घिमिरे, त्यस्तै देवदह नगरपालिकामा उत्प्रेरक सुरज खरेल र सितल श्रेष्ठ तथा संयोजन मधु श्रेष्ठ र हरि कुमार तामाङ, सिद्धार्थनगर नगरपालिकामा उत्प्रेरक मेघबहादुर पुन र कैलाश रोका तथा संयोजन प्रिन्स श्रीवास्तव, लुम्बिनी सांस्कृतिक नगरपालिकामा उत्प्रेरक प्रेम थापा तथा संयोजन – जिल्ला पदाधिकारीले गर्ने, त्यस्तै कंचन गाउँपालिकामा उत्प्रेरक र संयोजन रुपन्देही जिल्ला कमिटिका पदाधिकारीहरु, शुद्धोधन र सियारी गाउँपालिका उत्प्रेरक राजेन्द्र कंडेल र कमला भण्डारी ज्ञवाली तथा संयोजन हेमन थापा, रोहिणी र ओमसतिया गाउँपालिका उत्प्रेरक अजय रौनियार तथा संयोजन जिल्ला पदाधिकारी, त्यसै गरी मायादेवी, कोटियामाई, सम्मरीमाई र मर्चवारी गाउँपालिका उत्प्रेरक र संयोजन जिल्ला पदाधिकारीले गर्ने निर्णय भएको जिल्ला सहसंयोजक विकास बस्नेतले बताउनुभएको हो ।

बैठकमा संघका केन्द्रीय उपाध्यक्ष सुमन पुरीले वर्तमान सरकारको गलत क्रियाकलाप विरुद्ध युवा संघ मार्फत आम युवाहरुलाई परिचालन गर्न निर्देशन गर्नुभएको थियो । त्यस्तै, संघका स्थायी कमिटी सदस्य तथा रुपन्देही ईन्चार्ज केशब रोकाले यूवा संघ रुपन्देहीलाई एकमना एकताका साथ मजबुद बनाएर राज्यका ज्याद्धती र जनताका बिरुद्धमा हुने कुनै पनि कार्यको प्रतिरोध गर्ने बताउनु भएको थियो ।

एमाले रुपन्देही कमिटी सचिवालय सदस्य एवं यूवा फाँट ईन्चार्ज ऋषिराम पाण्डेले आम युवाहरु अनुशासित भएर आन्दोलनमा उत्रिन सुझाव दिदै यूवा संघ आम जनता तथा पार्टीको लागि रहरलाग्दो, भरलाग्दो तथा आवश्यकता अनुसार डरलाग्दो रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष मनोज गौचनको अध्यक्षता एवं केन्द्रीय कमिटीका सदस्यहरुको आतिथ्यतामा बसेको बैठकले संघको कार्यालय व्यवस्थापनको लागि सहसंयोजक विकास बस्नेतलाई जिम्मेवारी दिएको छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु