बर्दियामा ६१ क्विन्टल अवैध केराउ बरामद, १ जना पक्राउ

बर्दिया। बर्दियामा अवैध रुपमा भारत निकासी हुँदै गरेको ६१ क्विन्टल केराउ प्रहरीले बरामद गरेको छ । मधुबन नगरपालिका वडा नं. ५ गाउँ नं. ११ बडगाँउ स्थित भारत तर्फ अबै रुपमा निकासी हुन लागेको ६१ क्विन्टल ३० किलोग्राम केराउ हिजो प्रहरीले बरामद गरेको हो ।

भारत तर्फ निकासी गर्ने उद्देश्यले भे.१ त.९६५५ नं.को ट्याक्टरमा लोड गरिएको ३९ क्विन्टल ३० किलोग्राम र अन्य थप थुपारि राखिएको २२ क्विन्टल गरि ६१ क्विन्टल३० किलोग्राम केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो ।

केराउसहित ट्याक्टर चालक मधुबन नगरपालिका वडा नं.७ बस्ने वर्ष २० का राम कुमार चौधरीलाई पनि पक्राउ गरिएको उहाँले बताउनुभयो । उक्त केराउ करिब ४ लाख ३० हजार ५०० रुपैयाँको रहेको प्रहरी नायव उपरीक्षक शाहीले बताउनुभयो ।

आबश्यक कारबाहीको लागि केराउ, ट्याक्टर र ट्याक्टर चालक चौधरीलाई राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेल र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त केराउ बरामद गरेको हो ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु