रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदहद्वारा पिता सम्मान एवंम तीज मिलन कार्यक्रम सम्पन्न

ललिता घिमिरे , देवदह । रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदहले पिता सम्मान एवंम तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । क्लवका अध्यक्ष रोट्याक्टर सुनिल गिरीको अध्यक्षता र रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रोटरीयन विष्णु चापागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कुशे औशीको अवसरमा क्लवले आफ्ना सम्पूर्ण सदस्यहरुका बुवाहरुको सम्मान स्वरुप कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक यदुराज सापकोटाले बताउनु भएको छ । सामाजिक क्षेत्रमा अघि बढ्नका लागी यस क्लवका सम्पुर्ण रोट्याक्टर सदस्यहरुलाई हौसला एवंम प्रेरणा प्रदान गर्नुहुने सम्र्पुण पुजनिय पिताहरुलाई सम्मान गरिएको उहाले बताउनुभयो । कार्यक्रममा अभिभावक तर्फबाट बाबुराम गिरी, कोशबहादुर गुरुङ्, नमकान्त पाण्डे, रामबरण यादव, बोधराज गौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । क्लवका उपाध्यक्ष रोट्याक्टर मणिलाल तिवारीको स्वागत र सचिव रोट्याक्टर सन्दिप पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा रोट्याक्टर राजु पाण्डेले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।

 

 

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ