रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदहद्वारा पिता सम्मान एवंम तीज मिलन कार्यक्रम सम्पन्न

ललिता घिमिरे , देवदह । रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदहले पिता सम्मान एवंम तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । क्लवका अध्यक्ष रोट्याक्टर सुनिल गिरीको अध्यक्षता र रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रोटरीयन विष्णु चापागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कुशे औशीको अवसरमा क्लवले आफ्ना सम्पूर्ण सदस्यहरुका बुवाहरुको सम्मान स्वरुप कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक यदुराज सापकोटाले बताउनु भएको छ । सामाजिक क्षेत्रमा अघि बढ्नका लागी यस क्लवका सम्पुर्ण रोट्याक्टर सदस्यहरुलाई हौसला एवंम प्रेरणा प्रदान गर्नुहुने सम्र्पुण पुजनिय पिताहरुलाई सम्मान गरिएको उहाले बताउनुभयो । कार्यक्रममा अभिभावक तर्फबाट बाबुराम गिरी, कोशबहादुर गुरुङ्, नमकान्त पाण्डे, रामबरण यादव, बोधराज गौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । क्लवका उपाध्यक्ष रोट्याक्टर मणिलाल तिवारीको स्वागत र सचिव रोट्याक्टर सन्दिप पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा रोट्याक्टर राजु पाण्डेले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।

 

 

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी