घरमाथि पहिरो आउँदा एक बालिकाको मृत्यु, ३ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीमा घरमाथिबाट पहिरो आउँदा एक बालिकाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् । पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीमा पहिरोले घर पुर्दा जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभयो ।

निरन्तरको वर्षा पछि गएराति खसेको पहिरोले सुनारको घर पुरेको हो । पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् । स्थानीय मेडिकलमा उपचार गराइरहेका उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ

होटल अर्घाखाँची एण्ड लजका सञ्चालक बेडरूममै मृत फेला