रोटरी क्लब अफ देवदहद्धारा प्रहरीलाई फ्लोरोसेन्ट ज्याकेट वितरण

रुपन्देही । रोटरी क्लब अफ देवदहले देवदह प्रहरी चौकीलाई फ्लोरोसेन्ट ज्याकेट वितरण गरेको छ। स्वार्थ भन्दा माथि सेवा भन्ने मुख्य मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढेको रोटरी क्लव अफ देवदहले विभिन्न सामाजिक गतिविधिहरु नियमित रुपमा गर्दै आइरहेको छ ।

‘जब पुलिस सुरक्षित हुन्छ, हामी सुरक्षित हुन्छौं’ – भन्ने नारा सहित देवदह प्रहरी चौकीलाई १२ पिस फ्लोरोसेन्ट ज्याकेट वितरण गरेको कार्यक्रम संयोजक डा. कृष्ण गैरेले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी क्लब अफ देवदहका अध्यक्ष कृष्ण सापकोटाले यस्तो जटिल परिस्थितिमा पनि अहोरात्र खटिएर आम नागरिकहरुलाई सुरक्षा गर्ने कार्यमा दिनहु खटिने सुरक्षाकर्मीलाई फ्लोरोसेन्ट ज्याकेट वितरण गरेको भएको थियो ।

क्लबका संस्थापक अध्यक्ष जय किसन अधिकारीको प्रमुख आतिथ्यता, आर सि बुटवल डाउनटाउनका अध्यक्ष जमिन कक्षपतिको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष कृष्ण सापकोटाले गर्नु भएको थियो । कार्यक्रम संचालन भने क्लबका सह सचिब कमल शर्मा पराजुलीले गर्नुभएको थियो ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ