लुम्बिनी प्रदेशसभाको बैठक ७ गतेसम्मका लागि स्थगित

बुटवल । लुम्बिनी प्रदेश सभाको बिहीबार (आज) दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि प्रमुख विपक्षी दल एमालेले लगातार दुई दिनसम्म प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो । प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रदेश सभा सन्चालन गर्ने विषयमा मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुसँग छलफल गरेपनि सहमति जुट्न सकेको थिएन ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सांसदद्वय शाही र वली आफ्नो दलका भएकाले पार्टीले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाले सभामुखले पनि पदमुक्त नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिइने बताए ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ