रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा

काठमाडौं– नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज पदबाट राजीनामा दिनुभएको हो । केही दिनअघि सरकारले भट्टराईलाई स्पष्टिकरण सोधेको थियो ।

भट्टराईलाई गत वर्षको असार ४ गते मन्त्रिपरिषद्ले महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्वतयारी भइरहेको अवस्थामा आफूलाई हठात् स्पष्टिकरण सोधेर सरकारले प्रतिशोध साँधेको भट्टराईको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको राजीनामा पत्रमा जनाइएअनुसार मन्त्तालयका नियुक्तीहरू तथा मापदण्डमा व्यवस्था नै नभएका विषयमा आरोप लगाएर स्पष्टिकरणको नाटक मञ्चन गरिएको भट्टराईद्वारा जारी राजीनामा उल्लेख छ ।‘अराजनीतिक ढंगले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकारअन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध विभिन्न अवाच्छित स्वार्थहरूको गठजोडबाट बनेको गंगटे सरकारले गरेको जनविरोधी कामको जनविरोधी कामहरूको सहयात्री र मुकदर्शक हुन मेरो नैतिक मूल्य र मान्यताले नदिने हुँदा मैले आजकै मितिदेखि लागू हुने गरी नेपाल रेल्वे कम्पनी लिमिटेडको अध्यक्षबाट राजिनमा गरेको छु,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी