“नो मास्क, नो मुभमेन्ट अभियानले” तिव्रता पाउदै

सुरज भट्टराई , देवदह । रुपन्देहीको देवदह नगर भरीका विभिन्न स्थानमा “नो माक्स , नो मुभमेन्ट” अभियान अन्तर्गत पाचौं दिन आज भलुही चोकमा सम्पन्न भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठान, कामना सेवा विकास बैंक र देवदह प्रहरी चौकीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अभियानमा बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर गर्दै यात्रु, सर्वसाधरण र सवारी चालकलाई निशुल्क माक्स वितरण गरी अनिवार्य मास्कको प्रयोग गर्न र स्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष सागर कंडेलले बताए ।

अभियानको पहिलो दिन खैरेनी चोकमा, दोश्रो दिन शित्तलनगर चोक , तेश्रो दिन भवानीपुर चोक र चौथो दिन भने ढेकावर ६ नं चोकमा गरिएको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक गंगा सारुले बताए । अभियानले ‘म पनि माक्स लगाउँछु र अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने सन्देश दिने उनको भनाइ छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी