एमालेको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक च्यासलस्थित तुल्सीलाल भवनमा बसेको हो । स्थायी कमिटीपछि केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा विधान संशोधनका लागि कार्यदलले तयार पारेको दस्ताबेजमाथि छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले एकताको प्रयास जारी रहेको भनेका बेला एकलौटी रूपमा अघि बढेको छ । हिजो बोलाइएको बैठक आजका लागि सारेर एकताको प्रयास गर्ने भनिएपनि आवश्यक तयारी नपुगेकाले हिजोको बैठक आज सारिएको नेताहरू बताउँछन् ।
बैठकमा एमालेको वरिष्ठ नेता झलनाथ खनाल–माधव कुमार नेपाल समूह अनुपस्थित छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी