जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंककारी हमलामा परेर मारिएकामध्ये १६ जना मृतकको नाम सार्वजनिक भएको छ । हमलामा परेर २६ जनाकाे ज्यान गएको थियो ।

भारतीय  सञ्चारमाध्यम एबीपीले १६ जना मृतककाे नाम सार्वजनिक गरेकाे  गरेकाे छ । जसमा नेपालका सुन्दीप न्याैपाने पनि रहेका छन् ।  एबीपीले सार्वजनिक गरेकाे लिस्टमा सुवेदीकाे नेपालकाे ठेगाना खुलेकाे छैन ।

त्यस्तै हत्या हुनेमा एक जना यूएइका पनि रहेका छन् भने बाँकी  भारतका  विभिन्न राज्यका अधिकांश पर्यटक रहेका छन् ।

आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अनन्तनाग जिल्लाको पहलगाम क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रमा झाडीमा लुकेर बसेका आतंककारीहरुको हमला गरेका  थिए ।

मृतकहरु सख्या बढ्न सक्ने भारतीय समाचार  एजेन्सीहरुले बताएकाे छ । सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए ।

आतंकवादी हमला भएसँगै साउदी अबरको भ्रमण रद्ध गरेर भारतीय प्रधाननमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कर्दैछन् ।  लिस्टमा नेपालमा ठेगाना खुलेको छैन ।

सम्बन्धित खवर

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ

होटल अर्घाखाँची एण्ड लजका सञ्चालक बेडरूममै मृत फेला