देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

देवदह । रुपन्देहीको देवदहमा रामनवमी तथा चैते दशैँ मेला तीन दिनसम्म संचालन हुने भएको छ । कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिले चैत्र २३ देखि २५ गतेसम्म देवदहको भवानिपुरमा मेला सञ्चालन गर्न लागेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको हो ।

परापूर्वकालदेखि सञ्चालन हुँदै आएको भवानीपुरको रामनवमी चैते दशैँ मेला ऐतिहासिक महत्वको मेला हो । सिद्धार्थ गौतम बुद्धको मावली भूमिसँग सम्बन्धित यो क्षेत्र सांस्कृतिक र धार्मिक रूपमा विशेष मानिन्छ । नेपालका रूपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका दर्जनौं स्थानबाट यो मेलाको अवलोकन गर्न आउने परम्परा रहिआएको छ ।

देवदह नगरपालिका–४ का वडा अध्यक्ष दमननाथ रेग्मीले रामनवमी चैते दशैँ मेला ऐतिहासिक भएरपनि प्रचार हुन नसकेको बताउनु भयो । वहाँले यस पटकको मेला निरन्तर मात्र नभई नयाँ कार्यक्रमहरू थपेर अझ आकर्षक पनि बनाईने जानकारी दिनु भयो । मेलामा ५० हजारभन्दा बढी दर्शकको सहभागिता रहने अनुमान गरिएको छ भने ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । ३०० भन्दा बढी व्यवसायीको सहभागितासँगै मेलाले स्थानीय व्यापार प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजकको जनाएको छ । यस वर्ष मेलामा सांस्कृतिक कार्यक्रम, भजन प्रतियोगिता, स्थानीय उत्पादन प्रदर्शनी जस्ता नयाँ कार्यक्रमहरू थप गरिएको आयोजक समितिले जनाएको छ ।

मेलामा चैत्र २३ गते उद्घाटन समारोहसहित र्याली, खेलकुद तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। चैत्र २४ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति हुनेछ भने विभिन्न प्रतिस्पर्धाका विजेताहरूलाई पुरस्कार प्रदान गरिनेछ। अन्तिम दिन चैत्र २५ गते भजन प्रतियोगिता, सम्मान कार्यक्रम, स्थानीय उत्पादन प्रदर्शनी तथा समापन समारोह आयोजना गरिनेछ । मेला आयोजक समिति अध्यक्ष लिला बल्लभ भट्टराई जानकारी दिनु भयो । मेलामा विभिन्न भाषा संस्कृतिका नाचगान समेत प्रर्दशन गरिईने साँस्कृतिक समिति संयोजक सचिव दिनेश चौधरीले जानकारी दिनु भयो ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ