बङ्लादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा खतरा

एजेन्सी // बङ्लादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा जोखिम बढेको एक अध्ययनले देखाएको छ । प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, खोकी, तल्लो श्वासनलीमा सङ्क्रमणका साथै डिप्रेसन र अन्य स्वास्थ्य समस्याको जोखिम बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

‘ब्रेथिङ हेभी : न्यू एभिडेन्स अन एयर पोलुशन एण्ड हेल्थ इन बङ्लादेश’ नामक प्रतिवेदनले ढाका र सिलहट सहरमा शारीरिक र मानसिक स्वास्थ्यमा वायु प्रदूषणको प्रभावको मूल्याङ्कन गरेको छ। प्रदूषणका कारण पाँच वर्षमुनिका बालबालिकाहरु, ज्येष्ठ नागरिक र मधुमेह, मुटु वा श्वासप्रश्वासको अवस्था जस्ता अन्य रोग भएका व्यक्तिहरू सबैभन्दा असुरक्षित रहेको प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनले स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव कम गर्न, सार्वजनिक स्वास्थ्य सेवाहरू र प्रतिक्रिया संयन्त्रहरू सुधार गर्न, वायु प्रदूषण तथ्याङ्क निगरानी प्रणालीमा सुधार गर्न र लगानी गर्न तथा थप अनुसन्धानमा संलग्नसहित तत्काल सावधानीका कार्यहरू गर्न अनुरोध समेत गरेको छ। अध्ययनले ढाका सहरमा प्रमुख निर्माण र लगातार ट्राफिक भएका ठाउँहरु वायु प्रदूषणको उच्चतम स्तर रहेको पत्ता लगाएको छ।

प्रतिवेदनअनुसार सन् २०१९ मा वायु प्रदूषणजन्य समस्याका कारण बङ्लादेशमा ७८ हजार १४५ देखि ८८ हजार २२९ जनाको ज्यान गएको थियो।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु