जेसिज सप्ताह आज देखि शुरु : कञ्चन तारामा ३५ जनाको सहभागिता

रुपन्देही // कञ्चन जेसिज बर्ष २०२२ को जेसिज सप्ताह आज देखि शुरु भएको छ। गायन प्रतिभाको खोजी गर्ने उद्धेश्यका साथ संचालन भएको कञ्चन तारा र वाककलाको साझा मञ्चको रुपमा स्थापित भ्वाइस अफ कञ्चन सिजन ४ सहित विविध कार्यक्रम सहितको जेसिज सप्ताह बुद्धदीप बोर्डिंग स्कुल, कञ्चन ५को सभाहलमा एक कार्यक्रमका बिच गाउपाँलिका अध्यक्ष नवराज ढकालले उद्घाटन गर्नुभएको हो।

कञ्चन जेसिजको पहिलो ब्राण्ड भ्वाइस अफ कञ्चन संगै बर्ष २०२२ ले ल्याएको नयाँ श्रृंखला कञ्चन तारामा बिधार्थी तथा गायनमा रुचि राख्ने गायन प्रतिभाहरुको उत्साहजनक सहभागिता रहेको छ। सन २०१८ मा स्थापना भएको कञ्चन जेसिजले स्थापना बर्ष देखि नै हरेक बर्ष रचनात्मक कार्यक्रमहरुको आयोजना गर्दै आएको जेसिज सप्ताहले १८ बर्ष देखि ४० बर्ष सम्मका युवाहरुको समाज रुपान्तरणमा व्यक्तित्व, नेतृत्व, विश्वबन्धुत्व र उधमशिलताको बिकासका लागि साझा विश्व विद्यालयको रुपमा ग्रहण गर्दै आइइरहेका छन। गायन प्रति रुचि राख्ने प्रतिभाहरुको खोजी गरी उनिहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान पहिलो पटक संचालन गरिएको कञ्चन तारामा ३५ जना प्रतियोगीहरुले सहभागिता जनाएका छन। आज भएको छनौट चरणमा ९ जना प्रतिभाहरुको छनौट गरिएको कञ्चन जेसिज बर्ष २०२२ का अध्यक्ष राजन शर्मा पौडेलले जानकारी दिनुभएको छ। विगतका बर्षहरुका कार्यक्रम संचालन गर्दा गायन प्रति रुचि भएका प्रतिभाहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका नपाएको कुरालाई मध्यनजर गरी यस बर्षदेखि कञ्चन ताराको शुभारम्भ गरिएको बर्ष २०२२ का अध्यक्ष राजन शर्मा पौडेलले बताउनुभयो।
यसैगरी आज नै शुभारम्भ गरिएको भ्वाइस अफ कञ्चन सिजन ४ मा २० जना बिधार्थीहरुले सहभागिता जनाएका छन। आज संचालन गरिएको छनौट चरणमा ८ जना प्रतिस्पर्धीहरुले जेसिज सप्ताहको समापनका दिन हुने फाइनल राउण्डमा प्रतिस्पर्धा गर्ने जेसिज सप्ताह २०२२ का संयोजक दिनेश शर्माले जानकारी दिनुभयो। सप्ताहको दोश्रो दिन कञ्चन गाउपालिकाको सभाहलमा साइवर सुरक्षा सम्बन्धी तालिम र तेश्रो दिन कञ्चन गाउँपालिका वडा नं। ४ का महिलाहरुका लागि उदघोषण कला सम्बन्धी तालिम फुडल्याण्ड पार्टी प्यालेस कञ्चन ४ मा हुने आयोजकले जनाएको छ। यस्तै मंसिर २१ गते विपन्न बिधार्थीहरुलाई बिद्यालय पोषाक वितरण, २३ गते मैत्रिपुर्ण फुटवल प्रतियोगिता र २४ गते अन्तर जेसिज ब्याडमिण्टन प्रतियोगिता, कञ्चन तारा र भ्वाइस अफ कञ्चन सिजन ४ को फाइनल प्रतियोगिता सहित जेसिज सप्ताहको समापन हुने छ।

 

सम्बन्धित खवर

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ

होटल अर्घाखाँची एण्ड लजका सञ्चालक बेडरूममै मृत फेला