समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना

काठमाडौं // प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड चार लाख २० हजार मत गणना गरिएको छ। अहिले सम्मको परिणाम अनुसार पहिलो स्थानमा रहेको नेकपा एमाले रहेको छ भने उसले २७ लाख ८८ हजार मत प्राप्त गरेको छ। यस्तै, कांग्रेसले २६ लाख ६० हजार, माओवादी केन्द्रले ११ लाख ६२ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३४ हजार मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात वटा दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका छन्। नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी