रुपन्देही जिल्लामा पाँच देखि आठ प्रतिशतसम्म बदर मत

बुटवल । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रुपन्देही जिल्लाबाट प्रत्यक्ष तथा समानुपातिक तर्फ ५ देखि ८ प्रतिशतसम्म बदर मत भेटिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीतर्फ खसेको मतको ५.६८ प्रतिशत मत बदर भएको छ । खसेको मत ४ लाख ३१ हजार ९ सय ७४ मा २४ हजार ५ सय २१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीतर्फ कुल खसेको मत ४ लाख ३१ हजार १७ मध्ये २१ हजार ५ सय २४ अर्थात ४.९९ प्रतिशत मत बदर भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको मत ४ लाख ३४ हजार ५ सय ६४ मध्ये २३ हजार ७ सय ४३ अर्थात ५.४६ प्रतिशत मत बदर भएको छ भने प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मत ४ लाख ३० हजार ८ सय ५७ मध्ये ३३ हजार १ सय ४९ अर्थात ७.६९ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी