जनताको अपेक्षा अनुसार ‘डू एण्ड डाई’ को मनस्थितिमा काम गर्नुपर्नेछ : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताएका छन् ।

सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि धारणा राखे । शनिबार जनमत पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै निराश हुन नदिने प्रतिवद्धता जनाए ।

‘कतिपयले त अन्तिम आशा समेत भन्नुहुन्छ । मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरि हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ ?’ उनले भने, ‘अन्तिम आशा तोडियो भने के हुन्छ त ? देश निराशामा जान्छ । जनता निराशामा जान्छन् । त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनुपर्छ, हाम्रो पनि मनस्थिति डू एण्ड डाई (गर या मर) को हुनुपर्दछ ।’

एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाइ छ । अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पटक पटक दोहोर्‍याए ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु