फिफा विश्वकप फुटवलमा समूह चरणका अन्तिम खेलहरु आज हुदै

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई–दुई खेल हुनेछन् ।

समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

यस्तै समूह जी मा रहेको ब्राजिल र क्यामरुन तथा स्वीजरल्याण्ड र सर्वियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ ।

आजको खेलपछि अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ ।

अब आजको खेलपछि अन्तिम दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् र अन्तिम १६ को समीकरण पनि पूरा हुनेछ ।

अहिलेसम्म सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको छ । जसमा युरोपबाट सबैभन्दा धेरै ७ टिम छन् । यस्तै अफ्रिकाबाट मोरक्को र सेनेगल, दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना, एसियाबाट अष्ट्रेलिया र जापान अनि उत्तर अमेरिकाबाट अमेरिकाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी