आईसीसी क्रिकेट विश्वकप लिग टु मा प्रशिक्षक प्रभाकरले गरे टिममा ७ खेलाडी परिवर्तन

नेपाली कृकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले पछिल्लो पटक जुलाईमा स्कटल्याण्डमा खेलेको नेपाली टिम र अहिलेको टिममा ७ खेलाडी परिवर्तन गरेका छन् । त्यसैले नामिबियामा नेपालको प्रदर्शन कस्तो होला भन्ने चासो छ ।

दुई साताअघि कीर्तिपुरमा युएई विरुद्धको शृखंलामा ओडीआईमा डेब्यु गरेका अर्जुन साउद र हरिशंकर शाहसहित नयाँ अनुहारको रुपमा नन्दन यादव टिममा छन् ।

युएई विरुद्धको शृंखला खेल्दै नेपालले नामिबियाको तयारी थालेको थियो । उक्त शृंखला २–१ ले जिते पनि नेपालको ब्याटिङमा समस्या भने उस्तै थियो । नयाँ कप्तान रोहितले नामिबियामा टुरमा सुधार्नुपर्ने महत्वपूर्ण पक्ष नै ब्याटिङ मानेका छन् । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने नहुँदा इनिङ्सको बीचमा नेपालका लागि विकेट लिने बलरको अभाव हुन सक्छ ।

स्कटल्याण्ड टुरमा आसिफ शेख र कुशल भुर्तेलले नेपालको ओपनिङ गरेका थिए । प्रभाकरको आगमनपछि ओपनिङ जोडीमा परिवर्तन भएको छ । आरिसफसँग युवा खेलाडी अर्जुन साउदले ओपनिङ गर्ने पक्का जस्तै छ ।

तेस्रो नम्बरमा अनुभवी ज्ञानेन्द्र मल्लले ब्याटिङ गर्नेछन् । त्यसपछि कप्तान रोहित र दीपेन्द्र सिंह भरी मिडल अर्डरमा हुनेछन् ।

अलराउण्डरमा आरिफ शेख, कुशल भुर्तेल र हरि शंकर शाह छन् र यी मध्ये दुईले पहिलो रोजाइमा खेल्न सक्छन् । प्रशिक्षक प्रभाकरले यसअघि कुशल भुर्तेललाई लेग स्पीन बलिङ गराएका छन् भने अलराउण्डरको रोल दिएका छन् । यदि कुशल र हरि शंकर खेलेमा स्पीनरको रुपमा ललित राजवंशी वा सागर ढकालमध्ये एक जना मात्र खेल्नेछन् ।

यस्तोमा फास्टर बलरहरु सोमपाल कामी, करण केसी र गुल्शन झाले पहिलो रोजाइमा खेल्न सक्छन् । नेपालले दुई फास्ट बलर खेलाएर दुई स्पीनर पनि खेलाउन सक्नेछ ।

पहिलो रोजाइमा कसलाई खेलाउने भन्ने निर्णय त्यहाँको अवस्था र पिचलाई हेरेर गरिनेछ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु