रुकुम पश्चिममा जनार्दन शर्मा तेब्बर भन्दा बढी मतले विजयी

रुकुम पश्चिम । रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका जनार्दन शर्मा विजयी हुनुभएको छ। वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा फराकिलो मतान्तरले विजयी हुनुभएको छ।

शर्माले ३९ हजार ५४९ मत ल्याएर विजयी हुनुभएको हो। उहाँले नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५८८ मतले पराजित गर्नुभएको छ।

एमालेका देवकोटाले १२ हजार ९६१ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार तारक केसीले ती हजार ५६७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक मल्लले ७९६, मंगोल नेशनल अर्गानाईजेशनका हरिबहादुर पुनले २०८ र स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २१४ मत प्राप्त गर्नुभएको छ।

रुकुम पश्चिममा एक लाख चार हजार २८० मतदाता रहेकोमा ६० हजार ५२७ मत खसेको थियो।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु