सुनसरी प्रदेश सभा १ मा एमालेका बस्नेत विजयी

सुनसरी। सुनसरी क्षेत्र नं. १ को प्रदेश सभा (१) बाट नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेत विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३ सय ५० मतान्तरले पराजित गर्दै बस्नेतले जित हासिल गरेका हुन् ।
बस्नेतले ११ हजार १ सय २ मत ल्याउदा काङ्ग्रेसका थापाले ९ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए । प्रदेश सभा १ मा जम्मा ३९ हजार ७ सय १३ मत खसेकामा ३७ हजार ९ सय ४२ मत सदर भएको थियो ।

दुई कार्यकाल गाविस सचिव चलाएका बस्नेत, प्रदेश सभामा विजयी

स्थायी शिक्षकको जागिरबाट राजीनामा दिई २०४८ सालमा राजीनामा दिएर बस्नेत पार्टीको पूर्णकालीन राजनीतिमा लागेका थिए । २०४९ सालमा साविक पाँचकन्या गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट बस्नेत निर्वाचित भएका थिए । दोस्रो कार्यकालमा पनि उनी भारी मतकासाथ विजयी भएका थिए । २ कार्यकाल गाविस अध्यक्ष बस्नेतले सफलतापूर्वक सञ्चालन गरेका थिए ।

बस्नेतले एमालेमा धरान नगर कमिटि सदस्य, क्षेत्रीय समन्वय कमिटिको सह–संयोजक, जिल्ला कमिटिको सदस्य, सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै हाल एक नं. प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा छन्। ४२ वर्षे राजनीतिक यात्रामा स्वच्छ छविका नेताको रुपमा बस्नेत चिनिन्छन् ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ