सत्ता परिवर्तन भएसंगै राष्ट्रिय गौरवका योजनाहरु ओझेलमा परे : छबिलाल विश्वकर्मा

देवदह । सत्ता परिवर्तन भएसंगै राष्ट्रिय गौरवका योजनाहरु ओझेलमा परेको नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ। रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले नेकपा एमालेको सरकारले अगाडि सारेका विकास निर्माणका योजनाहरु सत्ता गठबन्धनले कटौती गरेर देशलाई वर्वादी तर्फ धकेलेको आरोप लगाउनु भयो।

रुपन्देहीको देवदह नगरपालिका ६, केउलीमा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त भेला तथा मतदाता संग कुराकानी गर्दै उहाले उक्त कुरा बताउनु भएको हो। उहाले शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पुर्वाधारका योजनाहरु विशेष महत्व दिएर लैजाने दावी गर्नु भयो। पुर्वमन्त्री समेत रहनु भएका नेता विश्वकर्माले नागरिकको चाहना अनुसार विकास निर्माणका काम अगाडि बढाउने बताउदै मंसीर ४ पछि बन्ने नेकपा एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई ५ हजार पु¥याउने दावी गर्नु भयो।

नेता विश्वकर्माले सरनवारी, केउलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउदै केउलीलाई नमुना गाउँको रुपमा विकास गर्ने बताउनु भयो। उहाले केउलीको भौतिक विकास निर्माणलाई प्राथमिकता राखेर योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो। उहाले विदेशी नागरिकलाई नागरिक दिन तयार हुने सत्ता गठबन्धनबाट देशको विकास हुन नसक्ने ठोकुवा गर्नु भयो। उहाले अहिलेको निर्वाचन राष्ट्र बचाउने कि विग्राने वीचको लडाई भएको हुदा नेकपा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई विजय गराउनु पर्नेमा जोड दिनु भयो। सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता आशिषकुमार चौधरीले नागरिकको चाहना अनुसार विकास निर्माणका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। उहाले राष्ट्र र राष्ट्रिताको लागि तिन दल वीच चुनावी तालमेल भएको बताउनु भयो।

नेकपा एमाले, राप्रपा, जसपाको संयुक्त निर्वाचन परिचालन कमिटी देवदह ६, का संयोजक नेत्रप्रसाद काप्mलेको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका नेता माधव रिमाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो। निर्वाचन परिचालन समितिका सदस्य विष्णु बरालको स्वागत र नेकपा एमाले देवदह ६, शाखा कमिटीका अध्यक्ष राजन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु