यूएईसंग नेपाल ८४ रनले पराजित

काठमाडौं // पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा घरेलु टोली नेपालले हार ब्यहोरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको हो । यूएईले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो। नेपालका लागि दिपेन्द्र सिंह एरीले ५४ रन तथा अर्जुन साउदले ५१ रनको अर्धशतीय इनिङ्स खेले । यो अर्जुनको डेब्यु खेलमै अर्धशतक हो । यस्तै, गल्शन झाले अविजित १९ र आसिफ शेखले १२ रन बनाए। हरिशंकर साह ८, कुशल भुर्तेल ६, सोमपाल कामी र करण केसी ३–३ तथा कप्तान रोहितकुमार पौडेल १, ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए। ललिल नारायण राजवंशी ६ रन नटआउट रहे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनायो ।युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रनको योगदानी दिए ।

एलिशन शाराफुले २९ रन बनाउँदा बसिल हामिदले १४ रन जोडे । यस्तै, आयन हफ्जल खानले २६ रन जोड्दा अहमद राजाले अविजित २७ रन जोडे । नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

यस जितसँगै यूएईले तीन म्याचको एकदिवसीय सिरिजमा १–० को अग्रता लिएको छ। अब यूएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय बुधबार तथा तेस्रो तथा अन्तिम म्याच शनिबार हुनेछ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु