नेपालले जित्यो साफ महिला यू-१५ फुटबल च्याम्पियनसिपको उपाधि

काठमाडौं। नेपालले साफ महिला यू-१५ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ।
डबल राउन्ड रोबिनको लिग आफ्नो अन्तिम खेलमा बङ्गलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै नेपाल अङ्क तालिकाको शीर्षस्थानमा रहेर विजेता बनेको हो ।

८८ औँ मिनेटमा बङ्गलादेशले पाएको पेनाल्टीमा गोल गर्न सकेन। कप्तानसमेत रहेकी नेपालकी गोलरक्षकले बल रोकेकी थिइन् ।

नेपालले चार खेलबाट १० अङ्क जोड्यो भने ४ खेलबाट ७ अङ्क भएको बङ्गलादेश प्रतियोगिताको उपविजेता बन्यो ।

अन्तिम खेलमा नेपाललाई हराएको अवस्थामा बङ्गलादेश विजेता हुने अवस्था थियो तर खेलमा सुरुवाती अग्रता नेपालले लिएको थियो। १४ औँ मिनेटमा नेपालकी सुशीला केसीले गोल गरेकी थिइन्। तर दोस्रो हाफको सुरुवातमै बङ्गलादेशले खेल बराबरीमा ल्याएको थियो ।

तीन टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन लिग आधारमा सञ्चालन भएको हो ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी