रूपन्देहीको देवदहमा एक दम्पती मृत भेटिए

रुपन्देहीको देवदहमा एक दम्पती मृत भेटिएका छन । देवदह ५ को पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनिहरुको शव फेला परेको प्रहरीले जनाएको छ।
देवदह प्रहरी चौकी प्रमुख रहेका प्रहरी निरीक्षक गंगाबहादुर सारुका अनुसार हेमकला भुईंमा पल्टिएको र बालेन्द्र झुण्डिएको अवस्थामा फेला परेको बताएका छन।

घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरि आफूले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ।
बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा आइतबार राती आफन्तको घरमा सुत्न गएको र बिहान घर आउँदा ढोका लागेको देखेर झ्याबाट हेर्दा आमा भुईंमा पल्टिएको र बुवा झुण्डिएको देखेपछि छिमेकीलाई खबर गरेका थिए। आइतबार साँझसम्म पारिवारिक कलह, झै(झगडा केहि थाहा नभएको स्थानीयले बताएका छन्।

 

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी