एमालेको चुनावी अभियान आजबाट सुरु, पहिलो दिन दार्चुला, बैतडी र कञ्चनपुरबाट चुनावी सभा हुदै

नेकपा एमालेले शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागिएको हो ।

पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ ।
अभियानको सुरु गर्न बिहीबार राति १० बजे श्रीएयरलाइन्सको विमानबाट ओली धनगढी आइपुगेका छन् । धनगढीस्थित रुवस होटलमा बसेका ओली बिहान ११ बजे हेलिकोप्टर मार्फत दार्चुला प्रस्थान गर्ने कार्यतालिका रहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जानकारी दिएको छ।

ओलीले शुक्रबार नै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । दलहरुले आजबाट चुनावी सभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु