आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोग आग्रह प्रधानमन्त्री, मन्त्रीहरू अनुमति लिएरमात्रै प्रचारमा जान पाउँने

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन नगर्न र उल्लंघन गर्नेलाई कारबाही गरेरै छाड्ने बताएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्ने ७१ जना व्यक्ति र संस्थालाई स्पष्टीकरण सोधेको जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्पष्टीकरण सोधेपछि उहाँहरूले पेस गरेको जवाफको आधारमा कारवाही प्रक्रिया अघि बढाइसकेका छौँ । तथ्य र प्रमाण नपुगेको हकमा पुन बुझ्न हामी स्थानीय प्रशासनलाई बुझ्न भनेका छौँ । आचारसंहिता उल्लंघन प्रमाणित भए कारबाही गछौँ । त्यो आयोगको बैठक बसेर निर्णय गर्छ ।’

उहाँले प्रधानमन्त्री, मन्त्रीहरू आयोगको अनुमति लिएरमात्रै चुनावी प्रचारमा जान पाउने बताउनुभयो । जनप्रतिनिधिले सरकारी सुविधा खर्च गर्न नपाउने थपलियाले प्रष्ट्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल नियम र उपयोगको कुरा पनि उठायौँ । यो चुनौतीपूर्ण थियो । त्यसकारण अहिले आयोगले समाजिक सञ्जालमा आफ्ना कुरा राख्न पाउने र दलले विज्ञापन गर्न पाउने व्यवस्था गरेका छौँ । निर्वाचनको बेलामा निहित राजनीति स्वार्थ बोकेकाहरूबाट अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् नहोस् भन्नेबारे आयोग सचेत छ ।’

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु