टी–२० विश्वकपमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हरायो

एजेन्सी । हाल जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार इङ्ग्ल्यान्ड र न्युजिल्यान्डबीच भएको खेलमा इङ्ग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हराएको छ । इङ्ग्ल्यान्डको जितपछि समूह–१ मा रहेका तीन टिमको समान ५ अंक बन्न पुगेका। चार खेलपछि न्युजिल्यान्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाबीच पाँच अंक रहेको छ। तथापि रन रेटका आधारमा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो स्थान र तेस्रो स्थानमा अस्ट्रेलिया । चौथो स्थानको श्रीलंकाको ४ अंक छ । उनीहरूले थप एक खेल खेल्न बाँकी छ । अब अन्तिम चरणमा आयरल्यान्ड–न्युजिल्यान्ड, अस्ट्रलिया– अफगानिस्तान र इंग्ल्यान्ड–श्रीलंका भिड्दैछन् ।

मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ६ विकेटको क्षेतिमा १७९ रन बनाउँदै १८० रनको टार्गेट दिएको थियो । सो लक्ष्य पछ्याएको न्युजिल्यान्डले जम्मा १५९ रन मात्र जोड्न सक्यो । इंग्ल्याण्डको जितमा ओपनर जोस बटलरको ७३ रन र एलेक्स हल्सले ५२ रन तथा बलर क्रिस ओएक्स र साम कुरानले लिएको २–२ विकेट महत्वपूर्ण रह्यो ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु