दक्षिण अफ्रिकाले बंगलादेशलाई हरायो

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराएको छ । बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि १०४ रनले फराकिलो जित निकालेको हो । सिड्नीमा दक्षिण अफ्रिकाले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६ ओभर ३ बलमा अलआउट हुँदै मात्र १०१ रन बनायो । बंगलादेशका लिटोन दासले सर्वाधिक ३४ रन जोडे । सौम्य सरकारले १५ जोड्दा मेहदी हसनले ११ रन जोडे। दक्षिण अफ्रीकाका एन्रीच नोर्कियाले चार विकेट लिए । ताब्रेज शम्सीले तीन विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो। दक्षिण अफ्रिकाका रिली रस्सोले १०९ रनको शतकीय पारी खेले। क्विन्टन डी ककले ६३ रनको अर्धशतकीय पारी खेल्दा एदम मार्करमले १० रन जोडे। बंगलादेशका शकिब अल हसनले दुई विकेट लिए। जितसँगै समूह २ को दक्षिण अफ्रिकाले २ खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश २ अंक जोडेर तेस्रो स्थानमा छ।

सम्बन्धित खवर

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ

होटल अर्घाखाँची एण्ड लजका सञ्चालक बेडरूममै मृत फेला