यो बाटो लुटेरा पनि हिड्छ सरकार पनि हिड्छ – नकुल पौडेल

कहिलेकाहीँ मनमा यस्तो बिचार पनि हिड्छ।
कहाँ नदि हिड्यो भन्दैमा किनार पनि हिड्छ ।

घर कस्ले लुटेको हो अझै एकिन भएको छैन,
यो बाटो लुटेरा पनि हिड्छ सरकार पनि हिड्छ।

जुनदिन देखि बच्चाले “आमा” लेख्न सिक्यो,
त्यो दिनदेखि बिद्यालय शनिबार पनि हिड्छ।

परदेशी कहिले हिड्ला भनेर दिन गन्दा गन्दै,
दशै पनि हिडिसक्यो अब तिहार पनि हिड्छ।

बस्ने भनेको हामीले छोडेको सम्झना मात्रै हो,
एकदिन म हिड्छु तिमी हिड्छौ संसार पनि हिड्छ।

नकुल पौडेल
देवदह, रुपन्देही

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी