भारतीय मूलका ऋषि सुनक आज औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुँदै

एजेन्सी । कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । भारतीय मूलका सुनक बेलायतको प्रधानमन्त्री बन्नुहुने भएको हो । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनक प्रधानमन्त्री बन्न लाग्नुभएको हो । ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय प्रधानमन्त्री बन्नुभयो । औपचारिक रुपमा आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुनुहुन्छ । बेलायतले आर्थिक चुनौतीको सामना गरिरहेको बेला सुनकले कार्यभार सम्हाल्न लाग्नुभएको हो।

नयाँ प्रधानमन्त्रीका रुपमा उहाँले दशकौँपछि बेलायतमा देखा परेको सबैभन्दा गम्भीर आर्थिक समस्यालाई समाधान खोज्नुपर्ने मुख्य जिम्मेवारी रहने बीबीसीले उल्लेख गरेको छ । सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बन्नुभएको थियो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनक अहिले ४२ वर्षको हुनुहुन्छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी