इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामले बर्नमाउथलाई २–० गोलले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामले बर्नमाउथलाई हराएको छ । घरेलु मैदान लण्डनमा राति भएको खेलमा वेस्टह्यामले बर्नमाउथलाई २–० गोलले हरायो।

वेस्टह्यामले खेलको पहिलो र दोस्रो हाफमा एकरएक गोल गर्यो। खेलको ४५ औँ मिनेटमा कर्ट जुमाको गोलबाट अग्रता लिएको वेस्टह्यामका लागि खेलको अतिरिक्त समय ९२ औँ मिनेटमा सेड बेनरह्माले पेनाल्टीमा गोल गरे। जितसँगै वेस्टह्यामको १२ खेलमा १४ अंक भएको छ। वेस्टह्याम अंकतालिकाको १० औँ स्थानमा उक्लिएको छ। पराजित बर्नमाउथ समान खेलमा १३ अंकका साथ १४ औँ स्थानमा रहेको छ। प्रिमियर लिगमा आर्सनल ११ खेलमा २८ अंकका साथ शीर्ष स्थानमा कायमै छ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु