प्युठानमा जनताको आशा र भरोसा टुट्न दिने छैन : सुर्य थापा

प्युठान । प्रतिनिधिसभा सदस्यका उम्मेद्वार सूर्य थापाले प्युठानी जनताको आशा र भरोसालाई टुट्न नदिने गरि जिल्लाको बिकास र समृद्धिको लागि आफु लाग्ने बताएका छन् । उनले समाज र राष्ट्र निर्माणको मेरुदण्ड युवा शक्तिलाई देश निर्माणमा मुलप्रवाहमा जोड्न सकेमात्रै जिल्लाको बिकासमा गति लिन सक्ने बताए । राष्ट्रिय युवा संघ नेपाल प्युठानको निर्वाचन केन्द्रित भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले युवालाई बिहानीको सुर्योदयसंग तुलना गर्दै गाउँ देश बदल्न युवा शक्तिको खाचो अपरिहार्य भएको बताए । एमाले पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज थापाले युवा शक्ति एकजुट भएर लागेमा समाजका तमाम बिकृतीहरु अन्त्य हुने उल्लेख गर्नुभयो । युवा कुलतबाट मुक्त हुनुपर्ने धारणा राख्दै उनले भने,“युवाको दृष्टिकोण सहि हुनुपर्छ, जब दृष्टिकोण सफा र सहि हुन्छ, युवाले देशको भबिश्य निर्माण गर्न सक्छन “। निर्वाचन जितेर ६४ वडामा एक पटक अनुहार नदेखाउने ब्यक्तिलाई गठबन्धनले झुटो प्रचार गरेर जनता झुक्याउने काम गरिरहेको बताए । एमालेले जनतासंग गठबन्धन गरेर अघि बढेकाले जित सुनिश्चित भएको दावी गर्नुभयो । एमालेको काम र जनलहर देखेर अतालिएका शक्तिहरूबीचको गठबन्धनले देशमा बिकास र समृद्धि ल्याउनको सट्टा उल्टै मुलुकमा राजनीतिक अस्थिरता सृजना गरेका छन्,’ उनले भने, ‘अब अस्थिरता सृजना गरी विकासका काम रोक्ने उद्देश्य बोकेका गठबन्धनको अन्त्यका लागि एमालेमा मतदान गर्नुपर्ने बेला आएको छ ।’ नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेदवार सुर्य थापाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न, जनताको स्थिर र बलियो सरकार निर्माण गर्न, राष्ट्रिय हितको रक्षा गर्न, सुशासन कायम गर्न, गुमेको भूमि फिर्ता ल्याउन तथा आर्थिक बिकास गरि देश बिकस र समृद्धि ल्याउन नेकपा एमालेको पक्षमा जनउभार ल्याउन युवा तथा कार्यकर्ता परिचालन हुनुपर्ने बताएका छन् । प्युठानमा गठबन्धनका कारण नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का असल र जनप्रेमी कार्यकर्ताको मनमा चोट पुगेको भन्दै ती कार्यकर्ताको भावनाको सम्मान गर्ने बताउनुभयो । “नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का असल र जनप्रेमी कार्यकर्ताको म सम्मान गर्दछु उहाहरुको मनको पनि सम्मान गर्दछु । प्युठानको भबिश्यको लागि उहाँहरुको मतको भावनाको सम्मान गरेर अगाडि बड्ने अठोट गर्दछु ।” थापाको भनाइ थियो । त्यस्तै प्रदेश ‘क’ का प्रदेश सभा सदस्य तुल्सिराम शर्माले मुलुकमा रोजगारी सृजना गरी वैदेशिक रोजगारीमा जानैपर्ने नेपाली युवायुवतीको बाध्यताको अन्त्य गर्न देशमै रोजगारीका अवसर सृजना गर्नुपर्ने बताउनुभयो । उहाले भन्नुभयो,‘रोजगारीका लागि विदेश जाने बाध्यताको अवस्थालाई बदल्नुपर्छ ।` युवा शक्तिलाई देश बिकास र समृद्धिमा जोड्नु पर्ने उनको भनाइ थियो । प्रदेश ‘ख’ प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले नेकपा एमाले देशको एकमात्र जनमुखी पार्टी भएकाले सुर्य ध्वजाबाहक उम्मेदवारहरूलाई विजयी बनाउने दायित्व आम मतदाता, जनसमुदाय र सम्बन्धित पार्टीका नेता–कार्यकर्ताको अह्म दायित्व भएको बताउँदै उनले सबै मन वचन र कर्मले लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्ट समानुपातिक उमेदवार सुरज मगर बेगम बिश्वकर्मा अनेरास्ववियुका केन्द्रिय सचीव धर्म गिरी राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य लिला जिसी लगाएतले सम्बोधन गर्नुभएको थियो ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी