छाडा चौपायाबाट हुने दुर्घटना न्युनिकरणका लागि बुटवलमा युवाहरुको पहल सुरु

प्राय सडकहरुमा गाई वस्तु लगायतका चौपायाहरुको अवरोधका कारण विभिन्न घटनाहरुको घटिरहेका हुन्छन । अझ रातीको समय बिच सडकमा बस्ने छाडा चौपायाहरुको कारण दुर्घटना भई कतिपयले ज्यान समेत गुमाउन परेको छ । यसैलाई मध्यनजर गर्दै तिहारको तेस्रो दिन आज गाई तिहारको अवसरमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल बुटवल वडा नं. ८ ले बुटवलको सुख्खानगरका सडक तथा सार्वजनिक स्थानहरुमा रहेका छाडा गाई वस्तुलाई रिफ्लेक्टिभ बेल्ट लगाइदिने काम गरेको छ । बुटवलको रामग्राम क्षेत्रमा जंगल भएको हुँदा राजमार्ग चौराहादेखि औद्योगिक क्षेत्रसम्मको सडकमा गाईवस्तुको चाप बढि नै हुने गरेको छ ।

गाई तिहारको अवसर पारेर गाईको पुजा सँगसँगै सडकमा बेवारिसे अवस्थामा हिडडुल गरेका र सडकमा बसेका १०० वटा गाई वस्तुलाई यस प्रकारको बेल्ट लगाई दिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मेखबहादुर पुनले बताउनुभएको थियो ।

‘खास गरिकन रात्रीको समयमा गाई वस्तु सडकको बिचमा बसिदिने र स्पिडमा आएका सवारी साधनले नदेखेर सडक दुर्घटना धेरै भएको हुँदा हामीले यस्तो अभियानको सुरुवात गरेका हौं – अभियानकर्ता तथा प्रोग्रेशिभ इन्जिनियर एशोसियनका जिल्ला अध्यक्ष राजन पाण्डेले बताउनुभएको छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी