आज नेप्सेमा दोहोरो अंकको वृद्धि, ५१ करोड ६८ लाखको कारोबार

तिहार अगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्से १४ दशमलव ३५ अंक ९० दशमलव ७८ प्रतिशत ले वृद्धि भएर १८५८ दशमलव ४९ अंकमा बन्द भएको हो ।

‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.८८ अंकले बढेर ३६५.९३ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचक भने घटेको छ ।

नेप्सेमा वृद्धि देखिए पनि कारोबार रकम हेर्दा भने लगानीकर्ता उत्साहित भएको देखिंदैन । आइतबार नेप्सेमा १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजारको कारोबार भएको छ । जसम्धये एभरेष्ट बैंकको सर्वाधिक ५ करोड १६ लाख ३३ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड ३८ लाख ८० हजार र नेपाल बैंकको ३ करोड २० लाख १९ हजारको कारोबार भएको छ ।

आइतबार बजारमा कुल १८२ कम्पनीको सेयर कारोबार हुँदा १३५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

जसमध्ये रुरु जलविद्युत् कम्पनी र सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यता सिटिजन्स म्युचुअल फण्ड २ को इकाइ मूल्य ९.५५ प्रतिशतले गिरावट हुँदा अभियान लघुवित्तको सेयर मूल्य ७.६० प्रतिशत र मानुषि लघुवित्तको सेयरमूल्य ४.०३ प्रतिशतले गिरावट भएको छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु