विद्यालय स्तरका बाल क्लबका विद्यार्थीका लागि यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धि अभिमुखिकरण तालिम

देवदह // रुपन्देहीको देवदहमा विद्यालय स्तरका बाल क्लबका विद्यार्थीका लागि यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ। सो कार्यक्रम सोइया महिला स्वावलम्बी संस्थाको आयोजनामा सरस्वती मा.विको सभाहलमा सम्पन्न भएको थियो। उक्त अभिमुखिकरण तालिममा देवदहका ४ विद्यालय सरस्वती मा.वि, खड्ग मा.वि, भविष्य निर्माण र प्रगती माध्यमिक विद्यालयका बाल क्लबका विद्यार्थीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङले यस संस्थाले आफ्नो स्थापनकाल देखि नै सिमान्तकृत तथा पहुच बाहिरका वर्गहरुहरुका लागि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आईरहेको बताउदै संस्थालाई धन्यवाद व्यक्त गर्नु भएको थियो। जुन उद्देश्यका साथ कार्यक्रम आयोजना भएको छ त्यो पूरा हुने कुरामा आसाबादी रहेको बताउनुभयो। उहाले पछिल्लो समय विद्यार्थीहरु १२ पास गर्ने बित्तिकै पलायन हुने सपना देख्न भन्दा यहि बसेर केही गर्छु भन्ने अठोट बनाउन समेत आग्रह गर्नुभएको थियो।

कार्यक्रममै बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, सरस्वती मा.वि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक शर्मा लम्साल, श्री खड्ग मा.वि का प्रधानाध्यापक बाबुराम बस्नेत लगाएतले बोल्दै बालबालिका भनेकै भविष्यको कर्णधार हुन र समाज परिवर्तनमा उनिहरुको ठूलो योगदान हुने बताए।

प्रशिक्षार्थीको तर्फ बाट बोल्दै प्रविन नेपाली र नन्दनि अग्रहरीले यति महत्त्वपूर्ण कार्यक्रममा आफूहरु पनि सहभागी हुन पाएकोमा खुशी समेत व्यक्त गरेका थिए। तालिमबाट उनिहरुले बाल बालिकाको हक अधिकार, शारीरिक सम्बन्धि, हिंसा सम्बन्धि, लैङ्गकि भेदभाव सम्बन्धि, प्रजनन् स्वास्थय सम्बन्धि विभिन्न विषयमा जानकार हुन पाएको बताएका थिए। कार्यक्रमको सहजीकरण विकास थापाले गर्नुभएको थियो।

कार्यक्रममा नेपाल बाल संगठनका जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराई, संस्थाको व्यवस्थापक मेनुका न्यौपाने, प्रगती मा.वि का बाल क्लब प्रतिनिधि शिक्षक इन्द्रजित यादव, सरस्वती मा.वि का बाल क्लब प्रतिनिधि शिक्षक भरत खनाल लगाएतको आतिथ्यता रहेको थियो। पहिलो चरणको कार्यक्रम विद्यालय बाल क्लबका विद्यार्थीका लागि सम्पन्न भएको र दोश्रो चरणको ३ दिने अभिमुखिकरण तालिम भोलि बाट किशोर किशोरी र युवतीहरुको लागि सञ्चालनहुने संस्थाकि कर्मचारी एलिना हमालले बताउनुभएको थियो।

कार्यक्रम संस्थाको अध्यक्ष केशमाया थापाको अध्यक्षता, गल्स फस्ट फण्ड कार्यक्रमको संयोजक रोशी गुरुङको स्वागत र एलिना हमालको सञ्चालनमा भएको थियो।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी