मंसिरपछि एमालेको सरकार बन्छ : आचार्य

अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले मंसिर -४ पछि नेकपा एमालेको सरकार बन्ने बताउनुभएको छ ।

नेकपा एमाले छत्रदेव-८ अर्घाखाँची द्वारा वडाका विभिन्न ठाउँमा आयोजित जनभेटघाट कार्यक्रममा मन्तव्य राख्दै उहाँले नेकपा एमालेको पक्षमा व्यापक जनमत सिर्जना भएको भन्दै चुनाव पछि नेकपा एमालेको सरकार बन्नेमा ढुक्क बन्न स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो । प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनुभएका उहाँले जिल्लामा सडक ,खानेपानी ,विद्युत र सिंचाइको धेरै काम गरेको स्मरण गराउँदै अधुराकाम पूरा गर्नको निम्ति पुनः नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो ।
गठबन्धन सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको उहाँको भनाइ थियो । उहाँले नेकपा एमालेले मात्र बिकास र समृद्धिको यात्रा पूरा गर्ने दावी समेत गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य प्रकाश ज्ञवाली ,जिल्ला कमिटी सचिव तोजवहादुर रायमाझी विधान ,उपसचिव शम्भुप्रसाद पोख्रेल ,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सल्लाह परिषद् सदस्य नेत्र पाण्डे ,जिल्ला कमिटी सदस्य द्रोण फुल्लेल,अनेरास्ववियु केन्द्रीय कमिटीका सदस्य अर्जुन खनाल लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।
आचार्य नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सदस्यको निम्ति अर्घाखाँची क्षेत्र नं.-१ (क) बाट उम्मेदवार बन्नु भएको छ । उहाँ जिल्लाको स्थापित र लोकप्रिय नेता हुनुहुन्छ ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ