प्युठानमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता

प्युठान– प्युठानमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता भएका छन। माण्डवी गाउँपालिका–४, फरुन्डेमा बोम बहादुर राहुँको घर पहिरोले पुर्दा बेपत्ता हुनेहरुमा घर भित्र रहेका ६० वर्षीय राहुँ र उनकी ५५ वर्षिया श्रीमती सहित २१ वर्षीया टेकी राहुँ, ४ वर्षीय सुशान राहुँ, ६० वर्षीय हीराबहादुर थापा र १८ वर्षीया मौसमी थापामगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक सुशील थापाले जानकारी दिए।

पहिरोले घर पुरिएको खबर पाउना साथ जिल्लाबाट प्रहरीको टोलि घटनास्थल तर्फ गएको छ । उक्त स्थानमा जाने बाटो अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भईरहेको प्रहरी निरिक्षक थापाले बताए।
प्रहरीका अनुसार माण्डवी–१ स्थित अरङ खोलाले बगाउँदा ३५ वर्षीय धनबहादुर सुनार बेपत्ता भएका छन्। यसअघि दशैंको दिन ऐरावती–५ जाडीखोलाले बगाएका ५ वर्षीय सुसन सुनार अझै फेला परेका छैनन्।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु