रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसद्वारा छाना, खाना र नाना अभियानको सुभराम्भ

बुटवल // रोट्रयाक्ट क्लब बुटवल रामापिथेकसले क्लबको ड्रिम परियोजना अनुसार छाना, खाना र नाना अभियानको सुभराम्भ गरेको छ । क्लबको शनिबार बसेको ८० औ नियमित बैठकले दशै, तिहारको शुभकामनाको अवसर पारेर उक्त अभियानको सुभारम्म गरेको हो ।

लाउन नपाएका, खाना नपाएका घरबार नभएका गरिब दुखी,अनाथ असायका लागि केही सहयोग होस् भन्ने उद्देश्यले अभियान सन्चालन गरिएको क्लबका अध्यक्ष बिष्णु घिमिरेले बताए ।समाज रुपान्तरको निम्ती रोट्रयाक्ट अभियानबाट छाना, नाना र खाना अभियानको सुभराम्भ गरिएको अध्यक्ष घिमिरेले बताए।

अभियानममा सहयोग गर्न क्लबका पूर्व अध्यक्षहरु, रोटरी क्लबका अध्यक्ष तथा पूर्व अध्यक्षहरु रोटयाक्ट डिष्ट्रीक रोटरी डिष्ट्रका मेम्बरहरु बिभिन संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिलाई आग्रह गरिएको छ।

कार्यक्रममा बोल्दै अतिथि रोटरी क्लब अफ बुटबल डाउनटाउनका पूर्व अध्यक्ष तथा रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसका चिफ एडभाइजर राजेन्द्र ढकालले रोटरीको इतिहांसमा नयां योजनाको सुरुवात रोटयाक्ट क्लब बुटबल रामापिथेकसले गरेको बताए।

खाना नाना र छाना अभियान क्लबले ड्रिम योजनाको रुपमा अगाडी बढाउनका लागि साथ सहयोग पुराउने प्रतिवद्वता जनाएका छन्। कार्यक्रममा क्लबका पूर्व, अध्यक्ष दिपक चापाई, सुचना भण्डारी र निरज आचार्य लगायतले मन्तब्य राखेका थिए। कार्यक्रम क्लबका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षता र सचिब सिद्धार्थ आचार्यको सञ्चालनमा भएको थियो।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी