सगरमाथा आवासीय माध्यामिक विद्यालयद्वारा कक्षा १२मा उत्तीर्ण विधार्थीलाई सम्मान

देवदह // रुपन्देहीको देवदहमा सगरमाथा आवासीय माध्यामिक विद्यालयले कक्षा १२ को वार्षिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

सो सम्मान कार्यक्रममा बोल्दै सगरमाथा आवासीय माध्यामिक विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले उत्तीर्ण विद्यार्थिहरुलाई बधाई दिदै सगरमाथामा अध्ययन गरी उत्तीर्ण भएका विद्यार्थिहरुले समाजको हरेक क्षेत्रमा स्थापित हुन सक्षम भएको बताउनुभयो। साथै विद्यार्थिको तर्फबाट अनिता क्षेत्री, बादल पाण्डे र स्मृति नेपालीले आ-आफ्ना अध्ययनको अनुभव समेटेर विद्यालयप्रति धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा +2 का विभिन्न संकायमा अध्यापन गर्नुहुने शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो। उक्त कार्यक्रम सगरमाथा आवासीय माध्यामिक विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता , सह प्राचार्य प्रदिप अधिकारीको शुभकामना मन्तव्य सहित बि.बि.एस संकायका संयोजक विमल तिवारीको स्वागत र इ.सि.ए संयोजक भिमा गुरुङ्गको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ