विभिन्न कार्यक्रम गरि बाल दिवस मनाउने तयारी-नेपाल बाल संगठन

विभिन्न कार्यक्रम गरि बाल दिवस मनाउने तयारी-नेपाल बाल संगठन

सुरज भट्टराई, बुटवल । नेपाल बाल संगठनले बाल दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेर बाल दिवस मनाउने तयारी गरेको छ । नेपाल बाल संगठनले यही भदौ २६ गते विद्यालय स्तरका विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको संगठनका अध्यक्ष साजन भण्डारीले जानकारी दिनुभएको थियो । 

संगठनले बाल दिवसका अवसरमा कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको बिचमा वक्तृत्वकला प्रतियोगिता, कक्षा ८-१० सम्मका विद्यार्थीहरूको बिचमा वादविवाद प्रतियोगिता र विद्यालय स्तरीय एकल लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘विभिन्न विद्यालयहरूमा सहभागिताका लागि पत्राचार गरिएको छ ।’ – सभापति भण्डारीले भन्नुभयो ।

विद्यालयहरूले आफ्नो विद्यालयको लेटर हेडमा विद्यार्थीको नाम सिफारिस गर्नुपर्ने समेत जानकारी दिनुभयो। विजेतालाई प्रमाण पत्र र ट्रफी प्रदान गरिनेछ । सहभागी प्रतियोगीलाई प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.१० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार सहित प्रमाणपत्र र ट्रफी समेत प्रदान गरिने संगठनका सचिव कल्पना पांडे मगरले जानकारी दिनुभयो । https://facebook.com/simrikaawaj

नेपाल बाल संगठननेपाल बाल संगठननेपाल बाल संगठनविभिन्न कार्यक्रम गरि बाल दिवस मनाउने तयारी-नेपाल बाल संगठन

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी