जसपाको सुदुरपश्चिम प्रदेश समिति पुनर्गठन, अध्यक्षमा भगतराम थारु

कैलाली। जनता समाजवादी पार्टी, नेपालको सुदुरपश्चिम प्रदेश समिति पुनर्गठन भएको छ । कैलाली जिल्लाको धनगढीमा शनिबार आयोजित प्रदेश भेलाले भगतराम थारुको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा गोविन्दराज राना थारु, निर्मल रिजाल, सञ्जय शक्सेना, जेकेन्द्रसिंह महरा, पुष्पराज जोशी, लक्ष्मीकान्त पनेरु, बलबहादुर चौधरी छन् भने मुख्यसचिवमा राजु बमलाई चयन गरिएको छ । समितिको सचिवहरुमा प्यारेलाल राना, सरोज जोशी, दिपेश तिमिल्सिना, गोविन्द गुप्ता, र श्याम धिताल रहेका छन् ।

पार्टीका तर्फबाट राजनीतिक समिति सदस्य तथा प्रदेश इन्चार्ज रहेकी मालामती राना र पार्टी केन्द्रीय सदस्य एवम् प्रदेश सह इन्चार्ज भीमबहादुर थापाले संगठन निर्माणमा एकलौटी गरेको आरोप लगाई राजनीतिक समिति सदस्य तथा पूर्व प्रदेश इन्चार्ज होरीलाल चौधरीले उक्त निर्णयमा नोट अफ डिसेन्ट लेखेको कुराबारे सोध्दा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले घुमाउरो रुपमा स्विकार गरेका छन् ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ