रुपन्देही क्षेत्र नं.-१ मा राप्रपाबाट बोहरा सर्वसम्मत उम्मेदवार

देवदह //राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नं.-१ को प्रतिनिधि सभा सदस्यमा दीपक बोहरालाई उम्मेदवार बनाउने भएको छ।

शनिबार संसदीय क्षेत्र नम्बर १ र देवदह नगर समितिको संयुक्त बैठकले पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री ताहिर अली, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, तोयानाथ लम्साल, स्वाती थापा, क्षेत्र नम्बर १ का उपाध्यक्ष बसन्त न्यौपाने, देवदह नगरपालिकाका अध्यक्ष माधव रिमाल लगायतको उपस्थिति रहेको थियो । यश अघि बोहरा रुपन्देही क्षेत्र नम्बर १ वा ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने चर्चा चलिरहेको थियो ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी