उच्च संस्कारका बालबालिकाबाट देशले असल नेतृत्व पाउने छ : सहरी बिकास मन्त्री चौधरी

काठमाडौं। सहरी विकास मन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाहरुबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल, काठमाडौँद्वारा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता –२०७९ को उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘झमककुमारीले खुट्टाले त्यत्रा ग्रन्थ लेखेकी छिन् । अरुनिता कान्जिलाल पनि धेरै मेहनेत गरेरै चर्चित गायिका भइन् । लिङ्कन जस्तो गरिबी र अभाव झेलेको मान्छे मेहनेत गरेरै अमेरिकाको राष्ट्रपति भए । राष्ट्रपति मात्र भएनन् दास प्रथाको अन्त्य गरे । मान्छेलाई सिक्रीले बाँधेर बेच्ने समाजलाई बदले ।’
बालबालिका असल संस्कारसहित अघि बढ्न जरुरी रहेको बताउँदै मन्त्री चौधरीले थपे, ‘तपाईँहरु असल बन्नुहुनेछ । उच्च संस्कारयुक्त बन्नुहुनेछ र भोलि गएर तपाईँहरु नै नेतृत्व गर्ने ठाउँसम्म पुग्नुहुनेछ ।’
सहरी मन्त्री चौधरीले बालबालिकालाई सत्मार्गमा लगाउन समाजका अगुवा, शिक्षक तथा अभिभावक सबै लाग्नुपर्ने धारणा समेत राखेका थिए ।

 

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु