गठबन्धनमा केहि दिनमै सिटको टुङ्गो लाग्छ : खनाल

अर्घाखाँची । नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पाँच दलीय गठबन्धनबीच केही दिनमै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ ।

आज सोमवार प्रेस सेन्टर अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले यही भदौ १५ गतेसम्म सिट बाँडफाँटको टुङ्गो लाग्ने र समयमै उम्मेदवारहरू जिल्ला आउने बताउनुभएको हो । उहाँ पार्टीको जिल्ला समन्वय समितिको बैठकमा सहभागी हुने अर्घाखाँची आउनुभएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सचिव खनालले माओवादी र नेकपा समाजवादीबीच चुनावपछि एकता हुने बताउनुभयो । उहाँले चुनावमा संयोजन समिति बनाएर गठबन्धन गरेर जाने र चुनावपछि एकता गर्ने सहमति भएको बताउनुभयो । आउँदो चुनावलाई मध्यनजर गर्दै पालिका चुनावमा गरिएको गठबन्धन कायम रहने तथा अन्य दललाई पनि गठबन्धनमा समावेश गर्ने गरी प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ ।

अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको जिकिर गर्दै सचिव खनालले गणतन्त्रको रक्षा र स्थायित्वका लागि गठबन्धन गरिएको बताउनुभयो । गठबन्धन हिजोको जस्तो नभइ स्थायित्व दिने खालको भएको बताउँदै उहाँले राष्ट्रिय जनमोर्चा र एमालेबाहेकका अन्य कम्युनिस्ट पार्टीसँग पनि एकताको छलफल भइरहेको बताउनुभयो ।

सम्बन्धित खवर

नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय

केन्द्रीय कारागारबाट भागेका कैदी प्युठानमा पक्राउ

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

तीन महिनामा भैरहवा भन्सारबाट २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

तीन महिनामा भैरहवा भन्सारबाट २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

१३ वर्षीया बालिकालाई बलात्कृत गरेको आरोपमा एक युवक पक्राउ

सेयर बजारका सबै सूचक झरे, नेप्से २६ सयभन्दा तल

सेयर बजारका सबै सूचक झरे, नेप्से २६ सयभन्दा तल